दफा ३७५
आधारभूत सेवा विस्तार गर्न पाउने

कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत सेवा, ग्याँस, टेलिफोन जस्ता आधारभूत सेवा उपलब्ध गराउन निजको आफ्नै जग्गाबाट वा सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नहुने भएमा निजले सँधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानि, नोक्सानी नहुने गरी पाइप वा लाइन लैजान पाउनेछ ।